Breaking
December 29, 2025

ज्ञानेन्द्र शाहीले भौतिक मन्त्रीलाई फिर्ता बुझाए बजेट पुस्तिका

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको रोष्टमबाटै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका फिर्ता गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शाहीले बजेटप्रति चरम असन्तुष्टि रहेको भन्दै बजेट पुस्तिका सभामुखमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई फिर्ता पठाएका हुन् । 

बजेटमा कर्णालीलाई उपेक्षा गरेको बताउँदै उनले भने,‘यो किताब मन्त्री ज्यूलाई सिधै दिन मिल्दैन म सभामुखज्यू मार्फत भन्न चाहन्छु, म सिङ्गो कर्णालीको तर्फबाट र जुम्लाको तर्फबाट यो बजेट जस्ताको त्यस्तै मन्त्रीज्यूलाई फिर्ता पठाउँछु, चाहिँदैन यो बजेट ।’ बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको भन्दै कर्णालीको विकासका लागि सांसदहरूलाई एकजुट हुन र बजेट पास हुनबाट असफल बनाउन आग्रह गरेका छन् ।  

उनले कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिए कर्णाली प्रदेशमा क्षेत्रीय दल बन्न सक्ने चेतावनी दिए । सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दापनि कम बजेट गएको भन्दै उनले भौतिक पूर्वाधार मन्त्री महासेठलाई तपाई नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो भन्दै प्रश्न गरे ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *