February 6, 2025

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौँ । आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरूमाथि छलफल गर्न बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *