Breaking
December 28, 2025

अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले अब मुलुक नयाँ दिशामा अघि बढ्ने बताएकी छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच बृहत् एकताको सहमति भएपछि सामाजिक सञ्जालमार्फत उनले अब क्रमश पूरा देश नै घण्टीमय हुँदै जाने र देशले काँचुली फेर्ने धारणा व्यक्त गरेकी छन् ।

उनले फेरी सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरुलाई घण्टीमा गोलबद्द हुन आवहान गर्दै अब शान्त भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत समृद्द नेपाल निर्माण गर्नुपर्ने बताईन् ।

उनले लेखेकिछन्, ‘अब क्रमश पुरा देश नै घण्टीमय हुँदै जानेछ । देशले काँचुली फेर्नेछ । फेरी पनि सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरुलाई घण्टीमा गोलबद्द हुन आवहान गर्दछु । आउनुस् शान्त भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत समृद्द नेपाल निर्माण गरौँ । अबको आशा रास्वपा’

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *