Breaking
February 6, 2025

सवारी चालकको चाबी खोस्ने ट्राफिकको कार्य विरुद्धको रिट खारेज

काठमाडौँ । उच्च अदालत पाटनले ट्राफिक प्रहरीले सवारी चालकको चाबी नियन्त्रण लिन नपाउने भनी दायर गरेको रिट खारेज हुने फैसला सुनाएको छ। उच्च अदालतका न्यायाधीशद्धय चन्द्रमणि ज्ञवाली र कविप्रसाद न्यौपानेको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

उच्चले जारी गरेको निर्देशनात्मक आदेश भने फैसलाको पूर्णपाठ तयार भएपछि मात्र थाहा हुने अधिवक्ता विवेक चौधरीले बताए । २०८१ कात्तिक २१ गते उच्च अदालत पाटनमा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने कार्य विरुद्ध रिट दायर भएको थियो । प्रहरीले सबारी चालकको गाडीको चाबी खोस्ने जस्तो कार्य गैर कानुनी भएको र तत्काल यसलाई रोक लगाउनु पर्ने माग रिटमा गरिएको थियो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान रहेको छ र दफा १६० मा दण्ड सजायको प्रावधान रहेको छ । र दफा १३१ मा प्रहरी वा यातायात निरीक्षकलाई जाँचबुझ गर्ने अधिकार छ । तर सवारी चालकको सवारीको चाबी खोस्ने अधिकारको प्रावधान नरहेको रिट निवेदनमा उल्लेख थियो ।

बिना उचित कानुनी आधार मनमानी रूपमा सवारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिनुले गरिमा र अनावश्यक राज्य हस्तक्षेपले स्वतन्त्र जीवन बाँच्ने अधिकारमा हानि पुर्‍याउने अवस्थाको सृजना गर्ने दाबी रिटमा गरिएको थियो ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *