Breaking
September 19, 2024

सहकारीमा फसेको रकम फिर्ता माग्दै धर्नामा बसे वसन्धुरा भुषाल र चैत्यदेवी

सहकारीमा वचत गरिएको रकम फिर्ता माग्दै घरेलु फिल्मका दुई वरिष्ठ अभिनेत्री वसन्धुरा भुषाल र चैत्यदेवी विहिबार माइतीघरमा धर्नामा बसेका छन् ।

माइतीघर मण्डलामा १४ महिनादेखि चल्दै आएको सहकारी पीडितको तेस्रो चरणको धर्नामा यी दुई अभिनेत्रीले पनि भाग लिएका हुन् । उनीहरु विहिबार दिउँसोको चर्को घाममा २ घण्टा धर्नामा बसे ।

आफूसहित चैत्यदेवी र अर्की अभिनेत्री भुवन चन्द तथा उनीहरुका परिवारका १४ जनाको २ करोड ६० लाख रुपैयाँ सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङले अपचलन गरेको अभिनेत्री भुसालले बताइन् । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा ४ जनाको करिब ७० लाख रुपैयाँ बचत फिर्ता नपाएको उनको भनाइ छ

सहकारीको बचत फिर्ताका लागि पहल गर्न बसुन्धरा, चैत्यदेवी, भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन् ।

Share the Post

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *