Breaking
December 27, 2025

उत्कृष्ट काम गरिरहेका विद्यार्थी उद्यमीलाई सम्मान गर्दै एनवाईईएफ काठमाडौँ

काठमाडौँ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरले इमर्जिङ लिडर २०२४ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थी उद्यमीलाई सम्मान गर्ने उद्देश्यले एनवाईईएफ काठमाडौँ  च्याप्टरले इमर्जिङ लिडर कार्यक्रम आयोजना गर्न लागेको हो । विद्यार्थी उद्यमीलाई प्रोत्साहन र हौसला प्रदान गर्न इमर्जिङ लिडर आयोजना गर्न लागेको एनवाईईएफ काठमाडौँ च्याप्टरकी अध्यक्ष प्रार्थना शाखःले बताइन् ।

‘हाम्रो उद्देश्य भनेकै उद्यमशीलतालाई प्रवद्र्धन गर्ने हो,’ उनले भनिन, ‘त्यसैअनुसार उद्यमशीलताको क्षेत्रमा उत्कृष्ट काम गरिरहेका विद्यार्थीलाई सम्मान गर्दैछौँ ।’इमर्जिङ लिडरका लागि विद्यार्थीकालमै उद्यमशीलताको क्षेत्रमा उत्कृष्ट काम गरिरहेका उद्यमीले आवेदन दिनसक्ने छन । आवेदन, उद्यमी स्वयं आफैँले वा अरूले पनि दिन सक्नेछन् । इमर्जिङ लिडरका लागि आवेदन दिन नोमिनी ३० वर्षभन्दा कम उमेरको नेपालमा आधारित विद्यार्थी हुनुपर्नेछ भने एनवाईईएफको पार्ट नभएको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

इमर्जिङ लिडरका लागि आवेदन खुला भइसकेको छ । यसका लागि एनवाईईएफको वेभसाइटमार्फत आवेदन दिन सकिने बताइएको छ । यसका लागि असार २ गतेसम्म आवेदन दिन सकिनेछ । प्राप्त आवेदन मध्येबाट सूचना प्रविधि, सामाजिक प्रभाव, शिक्षा, ई–कमर्स र रिटेल, दिगो, वातावरण र कृषि गरेर पाँच विधामा १० जनालाई इमर्जिङ लिडरको रूपमा सम्मान गरिनेछ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *