Breaking
December 27, 2025

पुलमा फसेर मरेका खच्चडका मालिकलाई क्षतिपूर्ति दिइयोस् : सांसद राना

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुडिँदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्ति दिन माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद रानाले क्षतिपूर्तिको माग गरेकी हुन् ।

पुलको लट्ठा चुडिँदाको दृश्यले सबैको मन रोएको भन्दै उनले खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गर्न आग्रह गरिन् । जेठ २७ गते पुलको लट्ठा चुडिँदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुइटाको मृत्यु भएको थियो ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *