कान्तिपूर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा छुटेका छन् । उनी पक्राउ परेको नौ दिनमा छुटेका हुन् । नागरिकता किर्ते गरेको अभियोगमा कान्तिपूरको कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई आफन्तको रोहबरमा छाडिएको हो । सरकारी वकिल कार्यालयको अनुमति लिएर जिल्ला प्रहरी कार्यालय धनुसाले उनलाई हाजिरी जमानीमा छाडेको हो । जेल परेपछि उनको मुटुमा समस्या देखिएको भन्दै अस्पताल भर्ना गरिएको थियो । उनलाई मंगलबार थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

