
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा भएको विपक्षी दलहरुको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि मिसिएका छन् । विशेष गरी मधेश सरकारको विषयमा छलफल गर्न देउवाले मधेसी नेताहरुलाई आफ्नो निवासमा बोलाएका थिए । माधवकुमार नेपालले भने संघीय सरकारको विषयमा गुनासो पोखेको बताइन्छ । अहिले आफूहरु सरकारमा अपमानित भएर बसेको उनले बताएका थिए । जसपा विभाजन भएपछि एकीकृत समाजावादी समेत विभाजन गर्ने तयारीमा ओली प्रचण्ड रहेको अनुमान भइरहँदा माधव नेपालकै अनुरोधमा देउवा सहकारी प्रकरणमा लचिलो बनेका थिए । रविको नाम राख्नै पर्ने अडानमा रहेको कांग्रेस सरकारले अध्यादेशमार्फत बजेट ल्याउने विकल्प रोजेमा राजनीतिक दल सम्बन्धी विधेयक समेत त्यससँगै आउन सक्ने भन्दै नेपालले देउवालाई लचिलो बन्न अनुरोध गरेको बताइन्छ । त्यसपछि कांग्रेस गोरखा मिडियाको नाम राखेर समिति बनाउन सहमत भएको थियो ।
