भाैतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले बालेनलाई न्युरोडका सडक बनाउन दुई दिनकाे समय दिएका छन् । न्युरोडकाे जुद्ध शालिक आसपासकाे सडक भत्काएर पेटी बढाउने तयारीमा महानगर थियाे । महानगरकाे उक्त काम मन्त्रालयले राेकेपछि बालेनले भाैतिक याेजना मन्त्रालय अन्तरगतका सडक विभाग लगायत कार्यालयमा धुलाे पठाएका थिए । यद्यपि धुलाे पठाउँदा कलंकी – चक्रपथ सडकखण्ड निर्माणमा ढिलाइ भएकाे आराेप लगाएका थिए । मन्त्रालयले भत्काएकाे सडकखण्ड दुई दिनभित्रै बनाउन गरेकाे अनुराेधमा महानगर र त्यसमा पनि बालेनकाे जवाफ भने आएकाे छैन ।

