बहुप्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन ५१ दिनमा सकिएको छ ।
निर्देशक दीपाश्री निरौलाले छायांकन टुंगिएपछि क्ल्याप बोर्ड समात्दै खुशी भएको तस्विर सार्वजनिक भएको छ । काभ्रे, सिन्धुली र पोखरा आसपासमा छायांकन भएको थियो । सोसल–कमेडी जनरामा बनिरहेको यो फिल्म छायांकन लगत्तै पोस्ट–प्रोडक्सनमा जानेछ ।
यो फिल्ममा दीपकसहित केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटीको पनि प्रमुख भूमिका छ । फिल्मका अन्य कलाकार सार्वजनिक गरिएको छैन । सबै कलाकारलाई रिलिजकै क्रममा जानकारी दिने तयारीमा दीपक(दीपा छन् ।
यो फिल्म आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो । कार्यकारी निर्माताको रुपमा निर्मल शर्मा समेत छन् ।
‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन असोज २४ गते रिलिज हुँदैछ ।

