Breaking
December 31, 2025

सेयर बजार ५४ अंकले बढ्दा १२ अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ५४.०४ प्रतिशत वृद्धि भएको छ । अघिल्लो दिन ७०.१८ प्रतिशतले बढेको सेयर बजार बुधबार पनि बढ्दै १ हजार ३६४.६३ को बिन्दुमा पुगेको हो । अर्थमन्त्री विष्णु पौडेल सोमबार अर्थमन्त्रीमा नियुक्त भएको दिन नेप्से घटेपनि त्यसपछिको दुई दिन भने लगातार वृद्धि भएको हो । 

बुधबार ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर कारोबार हुँदै १२ अर्ब भन्दा बढीको कारोबार भएको छ । नेप्सेका अनुसार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस दिन सबै उपसूचकहरूमा हरियाली छाएको छ । यस्तै सेन्ट्रल फाइनान्सको सेयरको मूल्य १० प्रतिशत बढ्दा सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले भने ९.९० प्रतिशत गुमाए । बुधबार सिंगटी हाइड्रोको सेयर सबैभन्दा बढी कारोबार भयो ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *