काठमाडौं । अभिनेत्री तथा निर्मात्री रेखा थापाले ‘काली’ फिल्मको दोस्रो श्रृंखला ल्याउने भएकी छिन् । यस वर्षको अन्त्यदेखि छायांकन सुरु हुने फिल्ममा उनको शीर्ष भूमिका हुनेछ ।
यो महिला एक्सनप्रधान फिल्मको पटकथा शिवम् अधिकारीले लेखिरहेका छन् । ‘काली’को पहिलो भागमा उनी महिला प्रहरी अधिकृतको रोलमा देखिएकी थिइन् । उक्त भागमा उनलाई तराईका तस्करसँग फाइट गर्दैगर्दा देखिएको थियो । हिरोइनले जितेपछि फिल्म टुंगिएको कथा त्यसमा थियो ।
‘काली २’ को कथा पनि त्यहींबाट उठान हुनेछ । दोस्रो श्रृंखलामा दुई अभिनेत्रीको एक्सन हेर्न पाइनेछ । अर्की अभिनेत्रीमा पूजा शर्माको नाम पनि चर्चामा छ । फिल्मका लागि रेखाले व्यायाम सुरु गरिसकेकी छन् । यो फिल्मलाई सवीर श्रेष्ठले निर्देशन गर्नेछन् ।
चार महिनाअघि छोरी वैभवीलाई जन्म दिएकी रेखा अब विस्तारै फिल्मतर्फ लाग्ने तयारीमा छिन् ।

