Breaking
December 28, 2025

राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन


काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ ।
मंगलबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले सानेपास्थित जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस कार्यालयमा पुगेर अनुगमन गरेको हो ।
साथै उनीहरुले कांग्रेसका प्रतिनिधिहरुसँग छलफल समेत गरेका थिए । गरेको छ ।
छलफलमा सञ्चारमन्त्री खरेलले जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन रहेको बताउँदै निर्वाचनको वातावरण निर्माणको लागि आफूहरु वार्तामा गएको जानकारी गराए ।
उनले भने,‘जेनजी जनआन्दोलनबाट प्राप्त मुख्य म्यान्डेट आगामी फागुन २१ गतेको निर्वाचन छ । चुनावको वातावरण बनाउन र सुनिश्चीत गर्न महत्वपूर्ण राजनीतिक दलसँग सरकार पनि जानुपर्छ र चुनावको वातावरण पनि बन्छ भनेर हामी सानेपा आएका हौैं ।’
त्यस्तै छलफलमा कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचन निष्पक्ष, स्वच्छ र धाँदलीरहित हुनको लागि वातावरण अझैपनि आफूहरुले नदेखेको भन्दै त्यो वातावरण निर्माण गर्न आग्रह गरे ।
‘निर्वाचन निष्पक्ष,स्वच्छ र धाँदलीरहित हुनको लागि वातावरण अझैपनि हामीले देखिराखेका छैनौं ,त्यो बनाउनुहोस् । हाम्रो आग्रह छ,’ उनले भने ।
देशको राजनीतिक दलहरुलाई व्यवास्ता गरेर जेनजी र सरकारबीचको १० बुद्दे सहमतिको कारणले पनि आफूहरुमा अविश्वास पैदा भएको उनले बताए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *