Breaking
December 27, 2025

६ लाख बराबरको चोरीको सामानसहित युवक पक्राउ

काठमाडौँ । चोरीमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको ओमबहाल घर भएर चन्द्रागिरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुनिल महर्जन छन् । उनले जेठ १८ मा डल्लु स्थित विष्णु मग्रातिको डेरा र जेठ ३१ मा नागढुंगा स्थित बसन्डोलमा चोरी गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले महर्जनको डेराबाट ६ लाख १८ हजार बराबरको चोरीको सामान बरामद गरेको छ ।

आरोपीले चोरी गरेको सुनका गहना, आइप्याड, ल्यापटप, मोबाइल र घडी सहित ६ लाख १८ हजारको सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए । 

 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *