Breaking
March 12, 2026

बारमा दलीय हस्तक्षेप रोक्न व्यवसायीक समूहले जित्नुपर्छ : रमन श्रेष्ठ


काठमाडौं । ‘व्यवसायिक कानुन व्यबसायी समूहका’ का उम्मेदवारले नेपाल बार एशोसिएशनलाई सरकार र दलीय हस्तक्षेपबाट मुक्त गर्न आफुहरुले जित्नुपर्ने बताएका छन् ।
विहीबार राजधानीको संवाद डबलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले बारमा पनि बालुवाटार र बुढानिलकण्ठको ठाडो आदेशमा आफ्ना रोजाईका व्यक्ति उम्मेदवार खडा गरेको दाबी गरे ।
सो समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले एकपछि अर्को गर्दै राज्यका हरेक निकायलाई राजनीतिकरण तथा दलीयकरण गर्दा राज्य असफलताको दिशामा गइरहेको जिकिर गरे ।
२७ औं बार केन्द्रीय समितिको चुनावी उम्मेदवारका लागि सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडो हस्तक्षेप गरेको आरोप लगाउँदै श्रेष्ठले भने,‘कानून व्यवसायीको स्वतन्त्र पेशागत धर्म र सगठनिक आत्मनिर्णयको अधिकारविरुद्ध बालुवाटर र बुढानिलकण्ठले आफ्ना मान्छे उभ्याउनु उचि हो ?’
सोही समूबाट महाचिवका उम्मेदवार अधिवक्त यज्ञमणि न्यौपानेले देश संघीय संरचनामा गइसक्दा न्यायालय र बरमा भने अझैपनि एकात्मकता चल्दा जनताले सास्ती खेप्नु परेको बताए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *