Breaking
March 12, 2026

गणतन्त्रवादीहरुले राजालाई बदनाम गरे, झुटा आरोप लगाए : कमल थापा


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन् ।
विहीबार राप्रपा नेपालका प्रवक्ता स्व.बसन्तमान सिंह अधिकारीको १३ औं दिनको पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले अहिले गणतन्त्रवादीहरुले राजालाई बदनाम गरी झुटा आरोप लगाउँदा आफ्नो विचारको प्रतिरक्षाको निम्ति एकठाउँमा उभिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘म देशभरका राष्ट्रवादी साथीहरुलाई आग्रह गर्न चाहन्छु अहिले जसरी राजालाई बदनाम गर्ने, झुटा आरोप लगाउने, हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई निषेध गर्ने, समाम्त पार्ने जुन प्रयास भइरहेको छ त्यसबाट सजक भएर आफ्नो आस्था र विचारको प्रतिरक्षाको निमित सबै राष्ट्रवादीहरु एकठाउँमा उभिनु बाहेक अर्काे विकल्प छैन ।’
उनले अहिले आफ्ना सानातिना मतभेद, स्वार्थको कारणले एक ठाउँमा आएर आफ्नो आस्थाको प्रतिरक्षा नगरे भविश्यमा पछुताउनुपर्ने बताए ।
अध्यक्ष थापाले गणतन्त्रवादीहरुले चाहे अनुसार भयो भने पद र दल मात्र होइन वैचारिक अस्तित्व नै संकटमा पर्ने पनि बताए ।
‘हाम्रो विचारलाई राजालाई बदनाम गर्न खोजिरहेका छन् । कसरी हिन्दु राष्ट्रको मान्यता र राजसंस्थालाई भ्रमपुर्ण ढङगबाट कमजोर बनाउन खोजिरहेका छन् । यदि उनीहरुले चाहे अनुसार अविस्ट पुरा भयो भने हाम्रो पद र दल मात्र होइन हाम्रो वैचारिक अस्तित्व नै संकटमा पर्छ,’ उनले भने ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *