Breaking
March 15, 2026

प्युठानमा ९ वर्षीया बालिकामाथि जबरजस्ती करणी

प्युठान । प्युठानमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार दिउँसो एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऐरावती गाउँपालिका ५ बालबिसौना बस्ने ३३ वर्षीय कमल नेपाली रहेका छन् ।

कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न शङ्कास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *