Breaking
December 27, 2025

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो ।

आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । त्यसअघि शुक्रबार भने सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ कायम थियो ।

यस्तै मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्यचाहिँ केही घटेको छ ।

सोमबार तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *