Breaking
December 14, 2025

ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय र संसदीय दलको छुट्टाछुट्टै बैठक बोलाएको छ । सचिवालय बैठक ११ बजे र दलको बैठक १२ बजे बस्नेगरी बोलाएको नेताहरूले बताएका छन् ।

सचिवालय बैठक सिंहदरबार नजिकै रहेको बसेरा होटलमा बस्नेगरी बोलाईएको छ ।

गत शनिबार आएको बाढीका कारण केन्द्रीय कार्यालयमा क्षति भएपछि सचिवालय बैठक बसेरा होटलमा बस्नेगरी बोलाएको हो । त्यसैगरी संसदीय दलको बैठक सिहंदरबारमा बस्नेगरी बोलाइएको छ।

दुवै बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो अमेरिका भ्रमण, बाढीपहिरोलगायतबाट मुलुकमा भएको क्षति, राहत, उद्धार तथा पुनर्निर्माण लगायतका विषयमा आवश्यक निर्देशन दिने बताइएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *