Breaking
March 15, 2026

पशुपतिको भेटी चोरी आरोप लागेकाको बयान: दुई-तीन महिनादेखि चोर्थ्यौं

सिसिटिभीमा अनुहार देखिएको थिएन। लुगाको आधारमा पहिचान गरि त्यहाँ सोधपुछ गर्दा एक व्यक्तिको साथबाट ८/१० हजार रकम भेटिएको छ।

रकम भेटिएको व्यक्तिलाई सोधपुछ गर्दा अन्य व्यक्तिहरूको नाम पनि खुलेको उनले बताए। उनीहरूले भेटी कक्षबाट लिएको पैसा बाहिर आएर बाँडफाड गर्ने गरेको बताएका छन्।

दैनिक ३ देखि ४ लाख रूपैयाँ भेटी संकलन हुने गरेको छ। 

दिनभर संकलन भएको भेटी साँझ गनेर मेघा बैंकको कर्मचारीलाई बुझाउने गरिएको छ। भेटी गडबड हुन थालेपछि डेढ वर्षअघि भेटी गन्ने कक्षमा निगरानी गर्न थालिएको थियो। बाँदरले तारहरू काटिदिँदा सिसिटिभीमा समस्या आइरहन्छ।

‘कहिलेदेखि यस्तो काम गर्दै आएका हुन्, को-को संलग्न छ भनेर अनुसन्धानमा खुल्छ,’ प्रवक्ता अधिकारीले भने, ‘लामो समयको कडा निगरानी पश्चात् प्रमाणसहित नियन्त्रणमा लिन सफल भएका छौं।’

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *