Breaking
January 2, 2026

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य थप घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ । 

मंगलबार पनि सुनको मूल्य घटेको थियो । महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँ रेकर्ड कायम भएको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो । जसअनुसार सोमबारदेखि बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ ।  

यसैबीच बुधबार चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी  तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको थियो ।  

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *