Breaking
January 2, 2026

यात्रु बचाएर मृत्युवरण गरेका बस चालकलाई राष्ट्रिय सम्मान प्रदान गर्न सिफारिस

काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिङ सडक खण्डको १७ किलोमा माथिबाट पहिरो खस्दा ढुङ्गो लागेर ज्यान गुमाएका बस चालकलाई राष्ट्रिय सम्मान दिन सिफारिस गरिएको छ ।

सिमताल दुर्घटनाबारे अध्ययन गर्न गठित सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले लु.२ ख ६५६६ नम्बरको बसका चालक मेगनाथ विकलाई ‘मरणोपरान्त सम्मान’ गर्न सिफारिस गरेको हो । असार २८ मा बुटवलबाट बस चलाएर काठमाडौँ आउँदै गरेका ३६ वर्षीय बिक भरतपुर–२९ स्थित १७ किलोमा माथिबाट आएको डुङ्गाले लागेर घाइते भए । उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

नवलपरासी सुनवल नगरपालिका–४ घर भएका विकले कुशलतापूर्वक सो बस नदीमा खस्नबाट जोगाई ३० जना यात्रुको जीवन बचाउन सफल भएको कार्यदलको निष्कर्ष छ । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *