Breaking
January 2, 2026

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौँ । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६, नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप केहीबेर अघि  भेरेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घाइतेहरूमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *