काठमाडौँ । नेपाल आँखा अस्पताल सञ्चालक समितिले मेडिकल डाइरेक्टरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. किरण शाक्यलाई नियुक्त गरेको छ ।
सो अस्पतालको फेको तथा भिट्रो रेटिनल सर्जनको रूपमा लामो समयदेखि कार्यरत डा. शाक्य डाइरेक्टरमा नियुक्त भएका हुन । उनी हालै मात्र सर्जन अफ द इयर पुरस्कारबाट सम्मानित भएका थिए ।
कर्निया, मोतीबिन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा सेवाका लगायत सेवा अस्पतालले प्रदान गर्दै आएको छ ।

