Breaking
December 31, 2025

रमेश वडालले लिए महान्यायाधिवक्ताको शपथ

काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडालले  महान्यायाधिवक्ताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वडाललाई पद तथा गोपनीयताको  शपथ गराएका हुन् । 

शपथ ग्रहण समारोहमा राष्ट्रपतिसहित उपराष्ट्रपति रामसहाय प्रसाद याद, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल उपस्थित रहेका थिए ।    

राष्ट्रपति पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । वडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *