Breaking
December 31, 2025

मुलुकलाई निकास दिन कांग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय गरेका हौँ : अब्दुल खान

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताएका छन् । सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिने गरी शल्यक्रिया गर्न  नसक्ने भएकाले दुई ठुला दलको सहकार्य गरेर अघि बढ्ने निर्णयको पक्षमा उभिनु परेको स्पष्ट पारे । 

शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले राखेका विश्वासको मतको विपक्षमा बोल्दै उनले दुई ठुला दल कांग्रेस र एमालेलाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले केही समयअघि नै गरेको अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरूले नयाँ सत्ता समीकरणलाई स्वागत गरेको बताए । सांसद खानले नेपाली जनताले चाहे अनुसारको काम वर्तमान सरकार गर्न नसकेको पनि बताए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *