Breaking
December 31, 2025

पोखरामा पहिरोका कारण मृत्यु भएकाको सामूहिक दाह संस्कार

काठमाडौँ । पोखरामा पहिरोका कारण मृत्यु भएकाको सामूहिक दाह संस्कार गरिएको छ । अविरल वर्षाले पहिरो जाँदा पोखरा १९ ठाँटी तल्लोकोटमा मृत्यु भएका सबैको शुक्रबार सामूहिक दाह संस्कार गरिएको हो ।

स्थानीय चिन्तेबौर घाटमा उनीहरूको परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । पहिरोका कारण कास्कीमा ११ जनाको मृत्यु भएको थियो ।

 पहिरोमा परी पोखरा–१९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको थियो भने अन्य ४ जनाको पनि पहिरोका कारण मृत्यु भएको थियो । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *