Breaking
December 31, 2025

वर्षातको बेला रात्रि बस चलाउन रोक लगाऔँ : अमरेशकुमार सिंह

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले वर्षातको बेला रात्रि बस चलाउन रोक लगाउन माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कर्मचारीको सुविधामा कुनै कमी नभएको तर सडकमा पूर्व सतर्कता अपनाउने काम नभएको बताए ।

उनले भने– ‘कुनै पनि देशको सबैभन्दा ठुलो क्षति भनेको मानवीय क्षति हो, देशमा कुन बेला कुन नागरिकको कति बेला क्षति हुन्छ  थाहा हुँदैन तर सरकारले विपद्का घटनामा पूर्व तयारी गर्ने बताए पनि घटनापछि पूर्व तयारी गरेको थाहा हुन्छ ।’ सांसद सिंहले बाढी पहिरो लगायतका दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न आग्रह गरे । गए राति चितवनमा भएको दुर्घटनामा ५ दर्जन बढी बेपत्ता भएको बताउँदै बर्सातका बेला रात्रिकालीन बस चलाउन दिन नहुनेमा जोड दिए । 

उनले देशको लाइफलाइनको रूपमा रहेको सो सडक दुरावस्थामा रहेको बताए । गाडी मर्मत र इन्धनका लागि एउटा प्रदेशमा ३० करोड खर्च भएको अवस्था रहेको बताउँदै साधारण खर्च घटाउन र विकास खर्च बढाउनका लागि आग्रह गरे ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *