Breaking
December 31, 2025

भिजिट भिसामा विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कम्प्युटर अपरेटर पक्राउ

काठमाडौँ । गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिएको आरोपमा गृह मन्त्रालयका कर्मचारी पक्राउ परेका छन् । गृह मन्त्रालयमा कार्यरत कम्प्युटर अपरेटर निर्मल विष्टलाई प्रहरीले पक्राउ गरेको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले  बताए ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतमा राखिएको छ । विष्टले ‘गृहमन्त्री र गृहसचिवसँग कुरा भैसकेको छ’ भन्दै असार २१ मा थाइल्यान्ड जान लागेका २० जनालाई नरोक्न अध्यागमन अधिकृतलाई फोन गरेका थिए । विष्टले अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोन गरेर अनुचित दबाब दिएको आरोप छ ।

भिजिट भिसामा हिँडेका २० जना थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जिकिर गरेको छ । विष्ट २०७५ देखि कम्प्युटर अपरेटरको रूपमा गृहमा कार्यरत थिए । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *