Breaking
December 31, 2025

रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु

काठमाडौँ ।  रौतहटको मौलापुर नगरपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार चट्याङ लागेर मौलापुर– ८ सोनरनियाकी ५५ वर्षीय धरोहरी देवीको मृत्यु भएको हो ।

खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लागिएको डीएसपी गिरीले बताइन् । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *