Breaking
December 31, 2025

कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

बिहीवार बालुवाटारमा स्व। सीता दाहालको पहिलो वार्षिकीमा श्रद्धा सुमन अर्पण गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको आवश्यकता जनताको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु रहेको बताए । उनले आन्दोलनलाई रक्षा गर्दै नागरिकको चाहना बमोजिम काम गर्न आवश्यक रहेको बताए । श्रेष्ठले विभिन्न बहानामा प्रतिगामी तत्वहरुले आन्दोलनमाथि धावा बोल्ने काम गरिरहेको भन्दै यसलाई मँथि उठ्न दिनु नहुने बताए ।

उनले भने, ‘हाम्रो अभिभावकत्व निर्वाह गर्ने भाउजु अहिले हामीसँग रहनु भएन । तर यो प्राकृतिक नियम हो । हामीले यसलाई स्वीकार गर्नैपर्छ । अहिलेको आवश्यकता भनेको यो आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाएर अहिलेका उपलब्धिहरु खोस्न चाहने प्रतिगामी तत्वहरुलाई, एउटा वा अर्को प्रकारले यसलाई खोस्न मद्दत गर्नेहरुलाई हामीले माथि उठ्न दिनु हुँदैन ।’

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *