Breaking
December 31, 2025

सरकार परिवर्तन भए पनि नीति तथा योजनालाई निरन्तरता दिनुपर्छ : मन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री  वर्षमान पुनले राजनीतिक अस्थिरता भएपनि नीतिलाई निरन्तरता दिनु पर्ने बताएका छन् । कृषि क्षेत्रको रूपान्तरणमा नेपाल भन्ने एक दिने सम्मेलनमा पुनले कृषि लगानी दशक विगत देखिको नै योजना  भएकाले र त्यसलाई निरन्तरता दिएको बताएका हुन् । ‘कृषि लगानी दशक पहिलाकै साथीहरूले अध्ययन गर्नु भएको हो, यस योजनालाई मैले निरन्तरता दिएका छु’, उनले भने  ‘भोलिको दिनमा सरकार परिवर्तन भए पनि नीति तथा योजनालाई निरन्तरता दिनुपर्छ ।’

मन्त्री पुनले  भौगोलिक अवस्था अनुसार छिमेकी मुलुकमा बजारको सम्भावना भएको कृषि उपज उत्पादनमा जोड दिनु पर्ने बताए । ‘बर्खामा तराई लगायत भारतको केही क्षेत्र डुबानमा पर्छ, यसलाई मध्यनजर गरेर कृषिमा लगानी गर्नुपर्छ’ उनले भने ।उब्जाउन जमिनको क्षेत्र घट्दै गएकोले राजनीतिक संरचना, कृषि नीति तथा योजना निर्क्योल गर्नुपर्ने र सो अनुसार योजना तथा  नीति बनाउन जोड दिनुपर्ने उनले बताए । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *