Breaking
December 30, 2025

ओलीले बोलाएपछि एमाले मन्त्रीहरू बालकोटमा

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई बालकोट बोलाएका छन् । सत्ता समीकरण फेरबदल भएपछि एमालेबाट सरकारमा सहभागी भएका मन्त्रीलाई अध्यक्ष ओलीले बालकोट बोलाएको हुन ।

असार १७ गते राति नेपाली कांग्रेस र एमालेबिच सहमति भएपछि ओली प्रधानमन्त्री बन्ने तयारीमा छन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने तर संसदमा विश्वासको मत लिने अडानमा छन् । मंगलबार बसेको एमालेको सचिवालय बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको थिएन ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *