Breaking
December 30, 2025

आँचल र विवेकको ‘वर एण्ड बधु’ भदौ १४ गते रिलिज हुने

काठमाडौँ । फिल्म ‘वर एण्ड बधु’को भदौको १४ मा रिलिज हुने भएको छ । निर्माण पक्षले वितरकसँग सल्लाह गरेर प्रदर्शन मिति तय गरेको हो । निर्देशक मिलन चाम्सले फिल्म भदौको १४ मा देशभर रिलिज हुने जानकारी दिए । फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ ।

फिल्ममा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ । यो फिल्ममा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, सृष्टि खड्का, विजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रवीन्द्र खड्का, अंशु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरवीर पण्डित, हिउँवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । फिल्ममा जानुका थापाको लगानी छ भने अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् ।

एलआरके प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्ममा सुदिप बरालको छायाङ्कन, हिमाल केसीको एक्सन छ । फिल्म ‘वर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ । तीजको छेको पारेर यो फिल्म रिलिज गर्न लागिएको हो । फिल्मको छायाङ्कन नेपाल र रोमानियामा गरिएको हो । फिल्मको हाल प्रोष्ट प्रोडक्शनको काम चलिरहेको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *