Breaking
December 29, 2025

आजदेखि १५ गतेसम्म हिरो एक्सचेञ्ज र इभल्भ सोरुम एक्सचेञ्ज हुँदै

काठमाडौं । नेपालका लागि हिरो मोटोकर्पका आधिकारीक बिक्रेता सिजी मोटर्सले पहिलो पटक ‛हिरो एक्सचेञ्ज’ र इभल्भ सोरुम एक्सचेञ्ज आयोजना गरेको छ । बिहीबारदेखि सुरु भएको उक्त अफर असार १५ गतेसम्म संचालन हुनेछ । देशभर चल्ने उक्त मेलामा ग्राहकले कुनै पनि ब्राण्डका  मोटरसाइकल एक्सचेञ्ज गर्दा बजार मूल्यांकन भन्दा ८ हजार बढीको मूल्यांकन पाउने आयोजकले जनाएको छ । 

साथै, एक्सचेञ्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा निशुल्क हेल्मेट पनि वितरण गरिने आयोजकले जनाएको छ । एक्सचेञ्ज अफरमा ग्राहकहरुले हिरो एक्स पल्स, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, स्प्लेण्डर र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन् । सिजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केहि समय अघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ ।

साथै, नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भईरहेका छन् ।नेपालमा सबैभन्दा बढी बिक्रि हुने मोटरसाइकल ब्राण्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ । सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *