Breaking
December 29, 2025

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिरा बिच रेमिटान्स सम्झौता

काठमाडौँ ।  युएईको ख्यातिप्राप्त  अल् जजिरा एक्सचेन्ज  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबारमा सहकार्य सुरु भएको छ ।जसअनुसार अब युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुक्तानी सुचारु गरेको छ । अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेट मार्फत प्रोमो कोड सिटी १००  प्रयोग गरी भुक्तानी लिदा  रु. १०० सम्म बोनस पाउन सकिने कम्पनीले जनाएको छ । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *