Breaking
March 14, 2026

पहिले नेपाल धानमा आत्मनिर्भर थियो, अहिले अवस्था विग्रियो : अध्यक्ष नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको कृषि प्रणालीमा आत्मनिर्भरता आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा बोल्दै नेता नेपालले विगतमा नेपाल धानमा आत्मनिर्भर मात्र नभई विदेश निर्यातसमेत गर्ने मुलुक रहेको तर अहिलेको अवस्था दुःखद भएको बताएका हुन् ।
उनले भने, ‘नेपाल एउटा कृषि प्रधान देश हो । कृषिमा आत्मनिर्भर हुनुपर्ने हो, तर अहिले धान र चामलसमेत आयात गर्नुपर्ने स्थिति आएको छ । पुग्ने फलफूल पनि हामी नेपालमै उत्पादन गर्न सक्छौं । यदि त्यसो गर्न सक्यौं भने नेपाल फलफूल उत्पादन गर्ने महत्वपूर्ण देशका रूपमा स्थापित हुन सक्छ ।’
साथै उनले नेपाल प्राकृतिक स्रोत साधनमा धनी देश भए पनि तिनको उचित उपयोग नहुनु देशको पछौटेपनाको प्रमुख कारण भएको जिकिर गरे ।
उनले भने, ‘नेपालमा कृषिजन्य वस्तु उत्पादन गर्ने विशाल सम्भावना छ । संस्कृति र प्राकृतिक स्रोतको हिसाबले नेपाल सम्पन्न देश हो । यति सम्भावना हुँदाहुँदै पनि बुद्धि नपुगेर, सही नीति र योजना नबनाउँदा हामी आयातमा निर्भर बन्न पुगेका छौं ।’
उनले कृषिमा आधारित नीति र प्रविधिको प्रयोग गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *