Breaking
March 14, 2026

धान उत्पादन राम्रो छ, तर तथ्यांकलाई गलत व्याख्या गरेर भ्रममा पारियो : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा धान उत्पादनबारे फैलिएको गलत धारणा सच्याउनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय धान दिवस २०८२ को अवसरमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका चुनीखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालले अतितमा धान निर्यात गर्ने राष्ट्रको रुपमा चिनिए पनि अहिलेको वास्तविकता त्यस्तो नरहेको बताएका हुन् ।
‘नेपालले कुनैबेला अत्यधिक मात्रामा धान उत्पादन गथ्र्यों र निर्यात पनि हुन्थ्यो,’थापाले भने,‘तर अहिले ‘नेपालमा धान उत्पादन घटेको छ’भन्ने धारणा गलत तथ्यांकका आधारमा बनाइएको हो । नेपालले धान आयात गरिरहेको भएपनि उत्पादन राम्रो नै भइरहेको छ ।’
साथै उनले देशभर रहेका बाँझो खेतको उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘खेतीयोग्य जमिन उपयोगमा ल्याउन सक्यौं भने धान उत्पादन अझै बढाउन सकिन्छ । तर सिँचाइ आयोजनाहरु समयमै सम्पन्न हुन नसक्दा समस्या देखिएको छ ।’
उनले सिँचाइ आयोजनाको प्रभावकारितामाथि पनि प्रश्न उठाउँदै भने, ‘केही वर्षअघिसम्म सम्पन्न भइसक्नुपर्ने ठूला सिँचाइ आयोजना अझै अपूरा छन्, सिँचाइ छिटो पुरा गर्न सके धान उत्पादनमा ठुलो फड्को मार्न सकिन्छ ।’

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *