Breaking
December 27, 2025

३ करोड २९ लाख खर्चेर राष्ट्र बैंकले गाडी किन्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन (कार) किन्ने भएको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.सँग बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएको हो ।

गत वैशाख २४ गते एक सूचना जारी गर्दै राष्ट्र बैंकले आवश्यक ६ थान पेट्रोलियम (डिजेल/पेट्रोल) कार किन्न चाहेको भन्दै सार्वजनिक बोलकबोल आह्वान गरेको थियो ।

उक्त बोलकबोलमा परेको आवेदनका आधारमा न्यूनतम मूल्याङ्खित सारभूत प्रभावग्राहीका हिसाबले लक्ष्मी इन्टरकन्टिनेन्टललाई छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ । कम्पनीले ६ वटा कारका लागि कूल ३ करोड २९ लाख ७० हजार रुपैयाँ प्रस्ताव गरेको छ । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *