Breaking
December 27, 2025

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार सामान्य घटेर तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबारर भएको छ । यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *