Breaking
March 12, 2026

फोटो पत्रकारहरुलाई राज्यले चिन्यो तर प्रोत्साहनको कमी छ : सभामुख


काठमाडौं । सभामुख देवराज घिमिरेले फोटो पत्रकारहरुलाई राज्यले चिनेपनि प्रोत्साहन गर्ने कुरामा अझै अभावहरु रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पाँचौ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ लाई सम्बोधन गर्दै उनले फोटो पत्रकारहरुलाई प्रोत्साहन गर्ने कुरामा अभाव भएको भन्दै यो क्षेत्रलाई अगाडि लाने कुराहरुमा आजको कार्यक्रमले प्रेरित गरेको बताए ।
उनले भने, ‘फोटो पत्रकारिताले देशको चित्रण गर्ने, घटनालाई जीवित राख्ने र त्यसलाई स्मृतिमा राख्ने काममा महत्वपूर्ण योगदान दिइरहेको छ । यस्तो योगदान दिने फोटो पत्रकारहरुलाई राज्यले चिनेपनि प्रोत्साहन गर्ने कुरामा अझै पनि केही अभावहरु रहेका छन् । ती अभाव पूर्ती गर्दै यो क्षेत्रमा प्रेरित गर्ने अगाडि लाने कुराहरु गर्न आजको यो दिनले प्रेरित गरेको छ ।’
यस्तै, उनले फोटो पत्रकारिताको लागि अहिले वातावरण सहज भएको भन्दै फोटोबाट समाजको चित्रलाई यथार्थमा उतार्न सक्ने र भविष्य देखाउन सक्ने बताए ।
उनले भने, ‘पत्रकारिताको महत्व अथवा मिडियाको महत्वलाई नबुझ्ने समाजमा फोटो पत्रकारिता बुझ्न गाह्रो नै हुन्थ्यो । तर अहिले त्यो अवस्था छैन् । अहिले फोटोबाट धेरै कुराहरु बुझाउन सकिने र समाजको चित्रलाई यथार्थमा उतार्न सक्ने र त्यसबाट भविष्य देखाउन सक्ने काम पनि हुन्छ ।’
यस क्षेत्रमा रहेको समस्याहरु समाधान गर्दै अगाडि बढ्नको लागि के कामहरु गर्नुपर्छ त्यो गर्नको लागि सबैको साथ सहयोग आवश्यक रहेको पनि उनको भनाई छ ।
यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठिट पत्रकारिता र फोटो पत्रकारितामा धेरै भिन्नता रहेको बताए ।
उनले ठिट पत्रकारितामा बङ्ग्याउने, टुङ्ग्याउने अर्थात के गर्दा कसका लागि के अनुकुल हुन्छ भनेर प्रस्तुत गर्न सकिने तरं फोटो पत्रकारितामा अत्यन्तै निष्पक्ष हुने बताए ।
उनले भने, ‘पत्रकारिता र फोटो पत्रकारितामा धेरै भिन्नताहरु छन् । समाजलाई सुशुतिच गर्नका निम्ति हामी ठिट पत्रकारिताको कुरा गर्छौं । बङ्ग्याउने, टुङ्ग्याउने अर्थात के गर्दा कसका लागि के अनुकुल हुन्छ भनेर हामी प्रस्तुत गर्न सक्छौं । तर फोटो पत्रकारितामा त्यो सम्भव छैन । त्यो अत्यन्तै निष्पक्ष हुन्छ र बुझ्न सकिन्छ । भनेको भन्दा दृश्य आफैं बोल्छ भनेजस्तै प्रमाणित हुने खालको पत्रकारिता हो फोटो पत्रकारिता । फोटो पत्रकारिताका फोटोहरुबिना समाचारहरु अपुरो हुन्छन् । लेखेका समाचारहरु भन्दा तस्विर राखेर देखाउनमा आकाश पत्तालको फरक पर्छ ।’

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *