Breaking
May 23, 2025

‘भूकम्पलगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गरौं’


ललितपुर । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुनेमा जोड दिएका छन् ।
शुक्रबार ललितपुर महानगरपालिकाद्वारा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विगतमा भोगेको विपद् र तिनले पु¥याएको जनधनको क्षतिका साथै पु¥याएको पीडा स्मरण गर्न कार्यक्रम भएको बताउँदै आगामी दिनमा भूकम्पलगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हाम्रो नियतका कारण प्रकृतिलाई बिगार्यौं भने आफैँ जोखिममा पर्छौँं । हामीले निर्माण भौतिक संरचना मजबुत हुन जरुरी छ, प्रकृतिलाई सुरक्षित राख्न जरुरी, विपद्मा खोज उद्धार र राहतका प्रतिकार्य गर्न जरुरी छ । विगतका दुःख र पीडालाई सम्झेर भविष्यमा जोखिमबाट बच्च हरेक दिन तयारी गर्नुपर्छ ।’
गृहमन्त्री लेखकले विपद्पछिको पुनःनिर्माण, खोज, उद्धार र राहतका कार्यमा ललितपुर महानगरले अनुकरणीय काम गरेको छ भन्दै प्रशंसा गरे ।
उनले भने, ‘पुनःनिर्माणमा दातृ संस्थाबाट धेरै सहयोग प्राप्त गरेका छौँ, ललितपुर महानगरले विपद् व्यवस्थापनमा अनुकरणीय काम गरेको छ, हामी जोखिमपूर्ण भूभागमा छौँ, बाढीपहिरोको विषयमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, तसर्थ भूकम्प जतिसुकै बेला पनि आउन सक्छ भनेर तयारी गर्नुपर्ने छ ।’
गृहमन्त्री लेखकले विपद्मा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे ।
यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालमा दुई सय ९३ बाट स्थानीय नगरपालिकामध्ये विपद् व्यवस्थापनमा ललितपुर महानगर अब्बल छ भन्ने दाबी गरेका छन् ।
उनले भने, ‘एउटै छानामुनी विपद्का सम्पूर्ण सामग्रीको व्यवस्थापन गरेका छौँ, विपद्मा चार मिनेटभित्रै महानगरबाट सेवा प्रदान गर्छौँं, यो हामीले काम पनि गरिहेका छौँ ।’

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *