Breaking
March 14, 2026

हिजो साहसको परिचय फैलाउने नेपाल आज दया लाग्ने देश भएको छ : प्रभु साह


काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिक्षा माग्ने नेताको नेतृत्वमा देश रहँदासम्म समृद्धि सम्भव हुन नसक्ने बताएका छन् । सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै साहले यस्तो बताएका हुन् ।
साहले भने, ‘माग्नेहरूले नै देशको मालिक भएको बेला, गौरवशाली इतिहास बोकेको नेपाल आज लाचार र माग्ने देश बन्न पुगेको छ’।
साथै उनले हिजो दुनियाँलाई दिने नेपाल जसले बुद्धको ज्ञान, साहसको परिचय र संस्कृति फैलायो, आज संसारकै सामु हात फैलाउन बाध्य भएको बताए । हिजो गर्व गर्ने नेपाल आज दया माग्ने देश भएको बताए ।
उनले भने, ‘समृद्धिको सपना अब चकनाचुर भएको छ । हामीले देखेको समृद्ध राष्ट्रको कल्पना आज केवल भाषण र नारामा सीमित भएको छ । देश समृद्ध तब मात्र हुन्थ्यो, जब उत्पादन जान्नेहरूले नेतृत्व गर्थे, व्यापार बुझ्नेहरूले योजना बनाउँथे। तर आज देशको हालत यस्तो छ कि जसले कहिल्यै ट्रेन हेरेका थिएनन्, उसैले ट्रेन चलाइरहेको छ ।’
साथै उनले समृद्धिको लडाइँ भाषणले नजितिने बताए । उनले जब नेतृत्वमा कर्म नभैई केवल कृपाको आशा गर्नेहरू हुन्छन् तब समृद्धिको कल्पना गर्न नसकिने बताए ।
उनले भने, ‘समृद्धिको लडाइँ अब भाषणले जितिँदैन, कर्मले जितिन्छ। तर, जब नेतृत्वमा कर्म नभई केवल कृपाको आशा गर्नेहरू हुन्छन्, तब समृद्धिको कल्पना गर्न सक्दैन। देश मागेरै चल्ने हो भने, आत्मसम्मान कहाँ रहन्छ? आज माग्नेहरूनै सत्तामा छ। अनि जनता हेरेर बसिरहेका छन् कि कहिले देशमा समृद्धि आउला। तर समृद्धि त्यो हातमा आउँदैन, जुन हात सधैं मागिरहन्छ । अब प्रश्न उठ्छकि के हामी माग्ने राष्ट्र भएरै बाँच्ने ? कि नयाँ दिशा रोज्ने? उत्पादन गर्ने, श्रम गर्ने, नवप्रवर्तन गर्ने नेताहरू ल्याउने?’

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *