Breaking
March 14, 2026

उज्वेकिस्तान गएका सभामुख घिमिरे नेतृत्व टोली स्वदेश फर्किए


काठमाडौं । सभामुख देवराज घिमिरको नेतृत्वमा अन्तर–संसदीय संघ (आईपीयु)को १५०औं सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जाल को चौथो शिखर सम्मेलनमा सहभागी हुन गएको टोली स्वदेश फर्किएको छ ।
उज्वेकिस्तानको ताशकन्दमा आयोजित अन्तर–व्यवस्थापिका संघको सभामा सहभागी सभामुख घिमिरे नेतृत्वको टोली बिहीबार अपरान्ह स्वदेश फकिएको हो ।
त्रिभुवन विमानस्थमा पत्रकार सम्मेलन गर्दै सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने र संसदीय कुटनीतिका माध्यमबाट संसारमा उत्पन्न भएका चूनौति सामना गर्न सकिन्छ भन्ने विषयमा सभा केन्द्रीत रहेको बताए ।
उनले भने,‘व्यवस्थापकीय कामहरुलाई कसरी लान सकिन्छ, व्यवस्थापकीय कामहरुका अनुभवहरु अतिरिक्त समस्याहरु के के हुन् ? तिनिहरुलाई कसरी उच्चस्तरबाट व्यवस्थापन गर्न सकिन्छ भन्ने छलफलहरु भए । कतिपय समजदारी, कतिपय निस्कर्ष, कतिपय योजनाहरु पारित भए । मूलत ः नीतिगत संसदलाई कसरी प्रभावकारी पार्न सकिन्छ भनेर १५० औँ महासभा केन्द्रित रहयो ।’
सभामुख घिमिरे नेपालको सबैभन्दा गम्भीर चुनौतीका रूपमा जलवायु परिवर्तन रहेको बिषय आफूले सभामा उठान गरेको बताए ।
असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा असंलग्न आन्दोलनलाई प्रभावकारी बनाउनका लागि बहस भएको जानकारी दिए।
विश्व समूदायमा नेपालले आकर्षण ढंगले आफ्नो उपस्थीति जनाएको भन्दै उनले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा असंलग्न आन्दोलनलाई प्रभावकारी बनाउनका लागि बहस भएको बताए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *