Breaking
December 27, 2025

संघ र प्रदेशको सदस्य सङ्ख्या खटाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेशको सदस्य सङ्ख्या घटाउनुपर्ने बताएका छन् । प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदेश खारेज गरौँ भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरूको सङ्ख्या घटाउनुपर्ने बताए । कम खर्चमा संसद् र सरकार चलाउन आवश्यक रहेको थापाको भनाइ छ । 

उनले भने, ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ । प्रदेश अहिले अदालतले चलाएको छ । मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन् ।  सबै लगेर अदालतमा बुझाएका छन् । अब कसैलाई दोष दिए हुँदैन । प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौँ ? संशोधन गरौँ ।  त्यो गर्न एमालेसँग सल्लाह गरौँ ।’

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *