Breaking
December 27, 2025

केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो काम गर्नु हो : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन् । आज काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले रास्वपासँग आम नागरिकहरूको ठुलो आस रहेको भन्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरे । 

उनले आम नागरिकको मत लिएर सरकारमा गएको रास्वपाले कुनै पनि नराम्रो काम गरेको बताए । रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठुलो कार्यभार रहेको भन्दै उनले उपलब्धि नै भ्रष्टाचारीको ठुला फाइल खोल्नुलाई लिइरहेको बताए । उनले आफ्नो पार्टी सरकारमा पुगेपछि विधिको स्थापना गरेको बताए । उपप्रधानमन्त्री लामिछानेले पुराना राजनीतिक दलहरूसँग आफ्नो पार्टी मिलेर नगएको र रास्वापाका पदाधिकारी चिन्तित भएर लाग्नु नै पार्टी अघि बढ्नु रहेको बताए । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *