Breaking
March 13, 2026

सुकुम्बासी समस्यमा देशकै भूगोल समेटिनुपर्छ : सचिव साह

जनकपुर । जनता समाजवादी पार्टीका सचिव एवं मधेश प्रदेशका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहले सुकुम्बासी समस्या समाधानका लागि सम्पूर्ण देशकै भूगोल समेटिनु पर्ने बताएका छन् । 

सरकारले ल्याएको भूमि सम्बन्धि अध्यादेशले मधेशलाई मरुभूमिमा परिणत गर्ने , मधेशी जनता भविष्यमा भूमिहिन बन्दै जाने भन्दै सचिव साहले जहाँको सुकुम्बासी त्यही व्यवस्थान भने नीति अवलम्बन गर्नु पर्ने बताएका हुन् ।

समाजिक संजालमा सरकारमाथि प्रश्न तेस्र्याउँदै सचिव साहले लेखेका छन् ,‘सुकुम्बासी समस्या समाधान गर्न मधेशकै भूमि बाड्नुपर्छ ?’

भूमि सम्बन्धि अध्यादेश जस्तो गम्भीर विषयलाई संसद र सरोकारबालाहरु संग छलफल नै नगरि अध्यादेश ल्याउनुमै प्रधानमन्त्री केपी शर्मा ओलीको भित्री मनसाय स्पष्ट भएको उल्लेख गर्दै साहले यो अध्यादेश भूमि माफियालाई फाइदा पुग्ने गरि आएकोमा शंका गर्नु स्वभाविक रहेको बताएका छन् । भूमि समस्या समाधानका लागि मधेशको भूमि मात्र बाडने नभई पहाड र हिमालका स्रोत साधनलाई समेत न्याय संगत ढंगबाट बाडनु आवश्यक रहेको उनले

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *