Breaking
March 13, 2026

जनयुद्धका कारण नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दाबी

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका कारण आज नेपाल समावेशी अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भएको बताएका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको बाह्रदशी गाउँपालिकामा आयोजित जनभेटघाट तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले हिजो वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनका विरुद्ध गरिएको जनयुद्धका कारण आज नेपाल समावेशी अधिकारसहितको संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक भएको भन्दै प्राप्त अधिकारको रक्षा र कार्यान्वयनका लागि आम उत्पीडित वर्ग फेरि एकताबद्व भएर अगाडि बढ्नुपर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए ।

यसको साथै, उनले जनताले प्राप्त गरेका अधिकार प्रयोग गर्न नपाएको बरु विभिन्न शक्तिबाट खोस्ने प्रयास भइरहेको उल्लेख गर्दै यसमा सचेत गराउँदै जनतालाई पुनः एकताबद्व भएर अघि बढ्नका लागि आह्वान गर्न पार्टीले जनतासँग माओवादी जागरण अभियान अघि बढाएको बताए ।

यो अभियान जनतासँगको अन्तरसंवादको अभियान भएको भन्दै सबैभन्दा दक्षिण क्षेत्रमा रहेका जनताको समस्या सुन्ने, प्राकृतिक स्रोत साधनको सम्भाव्यताको खोजी गर्दै तत्काल गर्न सकिने कामका लागि राज्यको ध्यानाकर्षण गराउने र दीर्घकालीन रुपमा गर्न सकिने कामलाई योजनाबद्व रुपमा अघि बढाउने पनि उनको भनाई छ । त्यस्तै, उनले मलबीउको समस्या, जंगली जनावरले पुर्याउने क्षति, नदी कटानको समस्या, सीमा क्षेत्रको शान्ति सुरक्षाको चुनौती, सर्पदंश उपचारको अभाव जस्ता समस्या बढी देखिएकाले यी समस्याको योजनाबद्व समाधानका लागि पार्टी लाग्ने प्रतिबद्धता पनि व्य

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *