Breaking
March 13, 2026

प्रभु साहलाई ओलीको जवाफ : के म मेनपावरको मान्छे हुँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले उठाएका प्रश्नमाथि आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो < जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको मान्छे हुँ भन्दै आक्रोसित भए ।

उनले सांसद शाहले आफ्नो प्रश्नमा नै सबै उत्तर बोकेर आएको भन्दै उत्तर समेत दिएनन् ।

उनले भने,‘उहाँका प्रश्नहरु, उहाँका मनमा रहेका विरोध, घृणा, आक्रोश र अपमानजनक रहेका छन् । संसद जस्तो गरिमामय ठाउँमा यस्तो भाषा किन <, युवा विदेश पठाएर जस्ता भाषा के म मेनपावर कम्पनीको मान्छे हो < तपाईले भनेको ७० लाख म सरकारमा आइसकेपछि ८ महिनाबाट सुरु भएको हो < उहाँको प्रश्नमा उत्तर दिनुपर्ने केही छैन् । प्रश्नमा उत्तर बोकेर आउनु भएको छ । यहाँलाई धन्यवाद छ ।

सांसद साहले नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डिमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाई किन मौन बस्नुभयो < विदेशमा तीनिहरुले ट्रेड युनियनको हक नपाउनेगरी श्रम सम्झौता किन गर्नुभयो < अहिलेको शताव्दीमा नेपाली नागरिकलाई दासकीय जीवनमा धकेल्दा तपाईहरुले के कति लाभ पाउनुभयो ?जस्ता प्रश्नहरु प्रधानमन्त्रीलाई गरेका थिए ।

‘नेपाली नागरिकता परित्याग गरी विदेश नागरिकता लिनेहरुको संख्या कति छ < उनीहरुको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कति छ < ती अवैध सम्पत्तिलाई राज्यको स्वामित्वमा ल्याउन तपाईले के–के गर्नुभयो < खुलेआम अवैध सम्पत्तिलाई विदेश लैजाँदा रोक्न नसक्ने सरकारलाई हामीले के भन्ने < सक्षम कि असक्षम ? झण्डै ७० लाख भन्दा नेपाली युवा अहिले वैदेशीक रोजगारीमा छन् । श्रम सम्झौताअनुसार वर्षमा झण्डै ४० खर्ब रेमिट्यान्स नेपाल आउनुपर्ने हो तर अहिलेको रिपोर्ट बुझ्दा यो वर्ष १३ देखि १४ खर्ब मात्र आउने सम्भावना छ । मेरो प्रश्न छ । नेपालीले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा हुन्डिमार्फत खुलेआम कालोधनसँग मिलन भइराख्दा तपाईं किन मौन बस्नुभयो । संख्याको अनुपातमा ती रेमिटेन्स सबै किन नेपाल आएन < विदेशमा तीनिहरुले ट्रेड युनियनको हक नपाउनेगरी श्रम सम्झौता गर्नुभयो < अहिलको शताव्दीमा नेपाली नागरिकलाई दासकीय जीवनमा धकेल्दा तपाईहरुले के कति लाभ पाउनुभयो < ’उनको प्रश्न छ

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *